प्रिमियर लिगमा आज तीन खेल हुने

प्रिमियर लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा लेस्टर सिटीले बर्नफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने लेस्टर र बर्नफोर्डबीचको खेल नेपाली समय अनुसार साँझ ८:४५ मा हुनेछ ।

आजको खेलमा जित निकाल्दै लेस्टर सिजनको सुरुवात गर्ने योजनामा छ । यता वन प्रवेशी बर्नफोर्ड पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यसै समयमा हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ ।

आज हुने अन्तिम खेलमा साविकको विजेता टोली म्यानचेस्टर सिटीले वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ९ः१५ मा सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार