काठमाडौँ– सांसद शान्ता चौधरीले गठबन्धन सरकारका कारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको बताएकी छिन् । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले मूल्यवृद्धिका कारण जनता समस्यामा परिरहँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताईन ।
अहिलेकै दरमा मूल्य बृद्धि हुने हो भने नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा बोकेर जानुपर्ने अवस्था आउन सक्ने चौधरीले बताईन ।
उनले भनिन्, ‘बजारमा मूल्य बृद्धिले जनता समस्यामा छन् । सरकार टुलुटुलु हेरेर बसेको छ । न सुशासन कायम गर्न न मूल्य बृद्धि नियन्त्रण गर्न नै सक्यो । यहि दरमा मूल्य बृद्धि हुने हो भने नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लगेर जानु पर्ने अवस्था आउँछ ।’
उनले अहिलेको सरकार जनताको समस्या समधान गर्न भन्दा पनि गठबन्धन जोगाउन केन्द्रित भएको आरोप लगाईन् ।