ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको शुक्रबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकले कम्पनीको काठमाण्डौको ज्ञानेश्वरस्थित कर्पोरेट कार्यालयमा बसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार