तालमेल गर्दा कांग्रेसले एक सय सीट पाउनुपर्छ – नेता कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनावी तालमेल गर्दा कांग्रेसले एक सय सीट पाउनुपर्ने बताएका छन्।

शनिबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनका दलबीच तालमेल आवश्यक भएको बताए।

‘सरकार पनि गठबन्धनको छ, गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने, ‘तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सीट पाउनुपर्छ।’

अहिलेको परिस्थितिमा कोही न कोही दलसँग सहकार्य गरेर मात्रै निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने उनको भनाइ थियो। एमालेसँग प्रतिस्पर्धा गर्न पनि गठबन्धनमा रहेका दल एकजुट हुनुपर्नेमा उनले जोड दिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार