नेविसंघद्वारा गभर्नर अधिकारीविरुद्ध राष्ट्र बैंक अगाडि प्रदर्शन

काठमाडौं– कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ। नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ।

प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१ प्रदर्शनकारी पक्राउ गरी प्रहरी वृत मालिगाँउमा राखिएको छ।

एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिइसकेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार