गुल्मीमा ट्रक पल्टिदा चालकको मृत्यु

तम्घास– गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर सदरमुकाम तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा दुर्घटना भएको हो । दुर्घटनामा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार