मेस्सी चम्किदा पीएसजीको सानदार जित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबल प्रतियोगितमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले विजयी सुरुआत गरेका छन् ।

शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । यस्तै नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार