कांग्रेस पदाधिकारी बैठक बस्दै

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक बस्दै छ । हिजो साँझ राष्ट्रपति कार्यालयबाट आह्वान भएलगत्तै सभापति शेरबहादुर देउवाले कांग्रेसको आकस्मिक बैठक बोलाएका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बस्न लागेको हो ।

काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार