नारायणकाजी श्रेष्ठलाई माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी

नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् । दाहाल शुक्रबार राति पाँचदिने भ्रमणका लागि जापान गएका हुन् । दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।

जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार