नेपालमा ५ जीका लागि नोकियाले सघाउने, नेपालमा ५ जीका लागि सघाउने

पाललाई ५ जी युगका लागि तयार पार्न नोकियाले सघाउने भएको छ । शुक्रबार नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा ‘नोकिया नेपाल इनोभेसन डे’ आयोजना गरेको थियो । गिगाबिट युगमा गति बढाउँदै लैजाने विषयमा छलफल भएको थियो । नेपालमा मेसिनरीहरुलाई निर्वाध रुपमा जडान गर्ने, नयाँ सेवाहरु विकास गर्ने सम्बन्धमा नोकियाले विशेषज्ञहरुबाट राय लिएको छ ।

सार्वजनिक स्थल, यातायात, स्मार्ट शहर तथा उद्योग क्षेत्रमा ५ जी प्रयोग गर्नेबारे विशेषज्ञहरुले विभिन्न सुझाव दिएका थिए । नोकियाले हाल १० लाख भन्दा बढी नेपाली घरहरुसम्म उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्‍याउन सफल भएको दाबी गरेको छ । उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्याण्ड अबको उद्देश्य रहेको नोकियाले जनाएको छ ।

वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो भने हाल १० लाख  भन्दा बढी नेपाली घरहरु सम्म आफ्ना ग्राहक अपरेटरहरु मार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड  सेवा पुर्याउन सफल भएको छ ।

अब नेपाललाई छन् युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने, लक्ष्य नोकियाले  लिएको छ । जसको मुख्य उद्देश्य भनेको उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड  ब्रोडब्यान्ड होभनेसाथ साथैहरके कुनामा पुगि समाजको सेवाविहीन र असीम वर्गहरुलाई  सशक्तिकरण गराउनु पनि हो ।

नोकिया नेपाल इनोभेसन डे कार्यक्रममा, नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै  अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्बाध रुपमा जडान गर्न, नयाँसेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार