थाइल्याण्डको एक पबमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौँ– थाइल्याण्डको एक पबमा भीषण आगलागी भएको छ । शुक्रबार भएको आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। प्रहरी र उद्धार टोलीले उक्त जानकारी दिएका हुन्।

घटनामा कम्तीमा तीन दर्जन व्यक्ति घाइते भएको उद्धारकर्मीहरूले बताएका छन्।

प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल अथासित खिज्जानले समाचार च्यानल पीपीटीभीलाई भने, ‘बैंककबाट १६० किलोमिटर दक्षिणपूर्वमा रहेको चोनबुरी प्रान्तको सट्टाहिप जिल्लाको माउन्टेन बी पबमा आगलागी भएको थियो र कारणबारे अनुसन्धान भइरहेको छ।’

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पबको प्रवेशद्वारबाट मानिसहरु दौडिरहेको देखिन्छ र ढोकाबाट धुवाँ निस्किरहेको देखिन्छ। केहीबेरमै प्रवेशद्वारको ढोका एक्कासी आगोले जलको र बाहिर निस्केका धेरैको लुगा जलेको देखिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार