सुदूरपश्चिममा काेराेना संक्रमण बढ्याे

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ ।

भारतबाट नेपाल आउनेमा पछिल्लो समय संक्रमण देखिन थालेपछि प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

असार मसान्तसम्म एक जना मात्र संक्रमित रहेको सुदूरपश्चिममा हाल संक्रमितको संख्या ७५ पुगेको छ ।

पछिल्लो तीन दिनमा मात्र ५० भन्दा बढीमा संक्रमण देखीएको मन्त्रालयले जनाएको छ । संक्रमणको जोखिम बढेपछि सिमानाकामा कडाइ गरिएको प्रदेश सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार