लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ ।

लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ । तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ ।

त्यसअघि आइतबार संसदीय दलको बैठक बस्नेछ । अगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार