ओलीको गुप्तचरी गरेका छैनौं : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन नगरेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा शुक्रबार मन्त्री कार्कीले केही सञ्चारमाध्यममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्रयापिङ गरी वैतिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्ट पारे ।

उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आग्रह गरे ।

उनले मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार