मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडियो

काठमाडौँ– गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन्। उनीहरुबीच केही समय अघि बिवाह गर्ने भन्दै इन्गेजमेन्ट भएको थियो ।

उनले लेखेकी छिन् ‘केही समय अगाडी मैले आफ्नो गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । ’

उनले भनेकी छिन् ‘फेरि सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार