गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए । उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए ।

अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाँणले बताए। भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताए ।

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुशी व्यक्त गरेको राजदूत यान्छीले बताईन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताईन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार