नेपालले भन्यो– ‘ताइवान समस्या शान्तिपूर्ण रुपमा समाधान हुनुपर्छ’

'एक चीन नीतिमा प्रतिवद्ध रहेको भनाइ'

नेपालले ताइवान तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने बताएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै सामाधन हुनुपर्ने पक्षमा रहेको बताइन्।

‘नेपाल शान्तिप्रेमी राष्ट्र हो। ताइवान समस्या शान्तिपूर्वक नै समाधान होस् भन्ने पक्षमा नेपाल छ,’ उनले भनिन्।

लम्सालले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताइन्।‘दुबै राष्ट्रले एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएका छन्। नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ,’ उनले भनिन्।

 

सम्बन्धित समाचार