काठमाडौँ– सेयर बजारमा करेक्सन आज पनि जारी रह्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ।
आज कूल २ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भयो। बिहीबार ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।
शुक्रबार २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपैयाँमा कारोबार भयो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भएन। बिहीबार कारोबारमा आएका सबै समूहको सूचक नकारात्मक देखिएको थियो। सो दिन ट्रेडिङ समूहको सूचक सबैभन्दा बढी ५।१५ प्रतिशतले घटेको थियो।