परराष्ट्रमन्त्री नारायण खड्का ३ दिने चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का साउन २४ मा चीन भ्रमण जान लागेका हुन् । उनी साउन २६ गते स्वदेश फर्कने छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमण तय भएको हो ।साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ ।

त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार