सरकारले विदेशी शक्तिसँग घुँडा टेक्याे : भीम रावल

काठमाडौँ– नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई विवादमा धकेलेको बताएका हुन् ।

सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको उनले बताए ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले मागेको सामग्री उपलब्ध नगराएर सरकारले मिनि संसदको अवहेलना गरेको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार