सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम थियो ।

तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार