बालुवाटारमा गठबन्धनको बैठक जारी, सीट बाँडफाँडमा कुरा मिलाउन सकस
'६० प्रतिशत नछोड्ने काँग्रेसको अडान, कार्यदल गठन गर्ने तयारी'
काठमाडौं । निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् । त्यसका लागि गठबन्धन दलका नेताहरुबीच केहिबेर अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।
बैठकमा प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०/४० को प्रस्ताव राखेकाे छ । यो प्रस्तावलाई गठबन्धनका अन्य दलहरुले अस्वीकार गरेका छन् । सबैलाई बराबर सिट बाड्नु पर्ने उनीहरुको माग छ ।
आजको बैठकले निर्वाचनमा सीट बाँडफाँडको तयारी गर्ने एक शिर्ष नेताले जानकारी दिए । यसअघि स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगरसहित कतिपय स्थानमा गठबन्धन गरेर निर्वाचन गरेर ति दलले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने जनाएका छन् ।
नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए ।