आगामी निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने

काठमाडौँ– निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने बताएको छ ।

बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताए ।

उनले झन्डै १० लाख हाराहारी मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताए । यस्तै निर्वाचन आयोगप्रति उत्तरदायी हुनेगरी निर्वाचन सुरक्षा प्रणालीको व्यवस्था गर्न लागेको पनि थपलियाले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार