राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले दिएन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव नेपालले निर्वाचनसँग कहिल्यै नडराउने बताएका छन्।

बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले नदिएको दाबी गरे ।

‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन’, उनले भने, ‘आज मात्रै चुनाव घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराए छ कि भन्ने पर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार