२०३० को विश्वकप गर्न चार देशको प्रस्ताव

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार राष्ट्रले संयुक्त प्रस्ताव गरेको छ । अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ ।

अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो । फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ ।

उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । र, एक शताब्दीपछि उरुग्वे विश्वकप आयोजना गर्न चाहन्छ । दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप आयोजना गर्नु महादेशकै सपना भएको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार