नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी ५ बजेसम्म वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार