‘हिँड्दा हिँड्दै’ माघ २० गते प्रदर्शन हुने

काठमाडौँ– फिल्म ‘हिँड्दा हिँड्दै’ २० माघबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुकको रुपमा केही पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सार्वजनिक फष्टलुक पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको रोमान्टिक अवतार समेटिएको छ । फिल्मले प्रेमकथा बोल्ने पोस्टरमा झल्काउन खोजिएको छ ।

राजकुमार थिङ निर्माता रहेको फिल्मको सह–निर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह हुन् । फिल्मको कथा सुशील पंगेनी कोरेका हुन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गको अभिनय छ ।

कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन रहेको फिल्म ‘आरआर फिल्मस्’ ले वितरण गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार