पछिल्लो दुई सातामा हेटौंडामा डेंगुका २८ विरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी हेटौंडामा बढ्दै गएका छन् । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले साउन महिनाका १५ दिनमा २८ जना विरामी अस्पताल आइपुगेको जानकारी दिए । तीमध्ये धेरैजसो विरामी हेटौँडा उपमहानगरपालिका– ४ र ५ नम्बर वडाका बासिन्दा हुन् । उनीहरूको उपचार भइरहेको छ । यी दुई वडामा डेंगुको संक्रमण बढेको देखिएको छ ।
निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेकाको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालयमा नहुने भएकाले डेंगुका विरामीको संख्या अझै बढी रहेको अनुमान गरिएको छ । सूचना अधिकारी घिमिरेले सबैले आवश्यक सर्तकता अपनाउनुपर्ने बताए ।
फेसबुकबाट प्रतिक्रिया