हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो सामाजिक उत्तरदायित्व प्रतिवेदन

काठमाडाैँ- हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्व सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेकाे छ । बुधबार पत्रकार सम्मेलनकाे आयोजना गरि हिमालयन एअरलाइन्सले उक्त प्रतिवेदन सार्वजनिक गरेकाे हाे ।

पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो ।

स्थापनाको प्रारम्भिक वर्षदेखि नै हिमालय एअरलाइन्स सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न गरेकाे कुरा प्रतिवेदनमा उल्लेख छ ।

‘विगतका केही वर्षहरूमा, हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको छ । आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू पनि जारी राखेको छ ‘ प्रतिवेदनमा लेखिएकाे छ ।

पत्रकार सम्मेलनमा हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठकाे सहभागीता रहेकाे थियाे ।

प्रतिवेदन विमोचनमा एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो ।’

सम्मेलनमा विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले समग्र वृद्धि र सामाजिक कल्याण  व्यवसायका दुई प्रमुख पक्षहरू भएकाे बताउँदै आफूहरू निरन्तररुपमा व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध रहेकाे बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार