नेपाल एयरलाइन्सको मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट दुईजना शंकास्पद ब्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीले बुधबार १स्१० मा १ सय ४१ यात्रुसहित मुम्बई उड्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रु ओरालेर जाँच गरेको थियो ।

जहाजबाट श्रीमान्–श्रीमती पक्राउ परेका हुन् । उनीहरु कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

Breaking : नेपाल एयरलाइन्सको मुम्बई जान लागेको विमानमा आतङ्कवादी भएको सूचना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार