Breaking : नेपाल एयरलाइन्सको मुम्बई जान लागेको विमानमा आतङ्कवादी भएको सूचना

नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

१४१  यात्रुसहित मुम्बईको लागि  उड्न लागेको  नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको सूचना आएको हो ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएको थियो ।

जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार