सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले विभिन्न पदमा थुप्रै कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको हो।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारी माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सफल भएको एनआईसी एशिया बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।
सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैंकले १७ विभिन्न पदका लागि जागिर खुलाएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।
यसका लागि इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा तल दिइएको क्यूआर स्क्यान गरी २०७९ भदौ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।