मन्त्रिपरिषद बैठक: जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रतिसमक्ष सिफारिस गर्ने

सरकारले जेठ ९ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् ।

उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, आधार पेस नभएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुनेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार