अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीको बाबजुद ताइवानका राष्ट्रपति साई इङ्ग वेनसँग भेट गरेकी छन्।
यसै क्रममा ताइवानका राष्ट्रपतिले रुसले युक्रेनमा गरेको आक्रमणको उल्लेख गर्दै यसले ताइवानको सुरक्षा अवस्थाप्रति विश्वको ध्यानाकर्षण गराएको छिन् । उनले ताइवान अब चीनसामु नझुक्ने स्पष्ट पनि पारेकी छन् ।
भेटमा दुवै नेताले एक अर्कालाई झुकेर अभिवादन गरेका थिए । ताइवानका राष्ट्रपति साईले न्यान्सी पेलोसीलाई उनको ‘अटल समर्थन’को लागि धन्यवाद दिइन्। ‘तपाईंको ताइवानसँग लामो र गहिरो सम्बन्ध छ। मैले तपाईंलाई धन्यवाद दिनै पर्छ,’ उनले भनिन् ।
पेलोसीलाई धन्यवाद दिएपछि ताइवानी राष्ट्रपतिले ताइवानमा लोकतन्त्र विरुद्धको आक्रमणले सम्पूर्ण इन्डो९प्यासिफिक क्षेत्रलाई असर गर्ने चेतावनी दिइन्।
‘ताइवान पछि हट्ने छैन। हामी दृढताका साथ हाम्रो राष्ट्रिय सार्वभौमसत्ता कायम गर्नेछौं,’ वेनले थप भनिन् ।
राष्ट्रपति भवनमा भएको दुई नेताबीच भएको भेटवार्ता स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण भइरहेको छ ।