नदीले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

कपिलवस्तु,  वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ ।

राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो । छोरा निरजको लाई सकुशल उद्दार गरिएको थियो ।

इलाका प्रहरी कार्यालयल पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको शव फेला परेको हो ।

बेपत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार