बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएर साढे ४ बजेबाट सुरु भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार