ड्रोन हमलामा अल-कायदा प्रमुखका नेता अल-जवाहिरी मारिए

अमेरिकी ड्रोन हमलामा अल-कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् ।  अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्  ।

‍बिबिसीका अनुसार बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाएका छन्। उनले अब न्याय मिलेको भन्दै आतङ्कवादी नेता जवाहिरी जीवित नरहेको बताएका हुन्  ।

घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।   परिवारका अन्य सदस्यसँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको अधिकारीहरूले दाबी गरेका छन्  ।

७१ वर्षीय अल-कायदा नेता विरूद्ध आफूले लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको राष्ट्रपति वाइडेनले बताएका छन्  । ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल-कायदाको नेतृत्व लिएका थिए  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार