ट्युसन पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौंको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेलस्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् ।

सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार