अल नेपाल क्यारेम एशोसिएसनले नेपालमै पहिलो पटक क्यारेम खेलको राष्टिय प्रतियोगिता सम्पन्न गरेको छ । काठमाण्डौको लैनचौरस्थित कभर्ड हलमा भएको प्रतियोगितामा देशभरका ८० खेलाडीले सहभागिता जनाएका थिए । प्रतिष्पर्धीहरुमध्येबाट अशोक तामाङ, विशेष ढकाल, करण मगर, कबिन सुनुवार, शेराज अन्सारी, क्रान्ती रावलले प्रथम द्धितिय र तृतिय हुन सफल भएका थिए । बिजेताले पुरस्कार स्वरुप १ लाख नगद प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । अन्र्तराष्टिय स्तरमा हुने क्यारेम प्रतियोगितामा नेपालको तर्फबाट समेत सहभागि गराउने उदेश्यसहित भएको प्रतियोगिताबाट बिजेतालाई राष्टिय खेलाडीका रुपमा चयन समेत गरिएको आयोजकको भनाई छ । साउन १३ र १४ गते टेनिस हलमा भएको कार्यक्रमको उद्घाटन गदै खेलकुद मन्त्री महेश्वर गहतराजले अन्र्तरािष्टयस्तरकोे क्यारेम खेललाई व्यवसायिक रुपमा अघि बढाउन यो प्रतियोगिता महत्वपूर्ण भएको धारणा राखेका थिए । नेपालमा क्यारेम खेलप्रति आर्कषण देखिएपनि यो खेललाई व्यवसायीक रुपमा अघि बढाउन नसक्दा लुकेर खेल्नुपर्ने अवस्था बिद्यमान रहेको बिगतलाई स्मरण गदै अल नेपाल क्यारेम एशोसियसनकी अध्यक्ष बिनिता अर्यालले यसलाई नेपालमा क्यारेम खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउँनुभयो । कार्यक्रममा राखेपका सदस्य सचिव टंक लाल धिसिगं, सुरेन्द्र ढकाल फउणेशनका अध्यक्ष सुरेन्द्र ढकाल, बिश्व कप क्यारेम एसोसेसनका महासचिव बिबेक देश नारायण ,बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिब धोस लगायतको उपस्थिती थियो ।
२०२२ मा हुन गैरहेको बिश्व कप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुलाई बिश्व कप क्यारेम प्रतियोगितामा सहभागि गराउने तयारी भएको एशोसिनका अध्यक्ष अर्यालले जानकारी दिएकी छन ।