अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गर्ने युवा पक्राउ

काठमाडौँ– नेपाली कांग्रेस निकट युथ कांग्रेसले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संघीय संसद अघि कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएको छ।

शर्मालाई छानबिन नै नगरी सफाई दिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

युथ काङ्ग्रेसका नेता मनोज पुरीका अनुसार गिरफ्तार गरिएका १९ जना युथ कांग्रेसका नेता तथा कार्यकर्तालाई अहिले प्रहरी वृत तीनकुनेमा राखिएको छ।

प्रदर्शन सुरु हुनेबित्तिकै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिई गिरफ्तार गरेको छ। प्रहरी र प्रदर्शनकारीहरु बीच झडप समेत भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार