काठमाडौँ– नेपाल बार एसोसिएसनले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुख अग्नि प्रसाद सापकाेटालाइ आग्रह गरेको छ ।
प्रदेश नम्बर १ र ५ का उपाध्यक्षबाहेकका उपत्यकामा उपस्थित बारका पदाधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरेको बारकी महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।
आज दिउँसो साढे १ बजे सभामुखसँग बारले भेट गरेको हो । भेटमा संविधान र कानुनअनुसार जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरिएको उनले बताइन् ।
प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि १ फागुनबाटै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । लगत्तै कायममुकायमका रूपमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले न्यायालयको नेतृत्व गरिरहेका छन् ।