नेपाली उद्योगहरूमा नेपाली मजदुरहरु नै राख्न निर्देशन

काठमाडौँ– संसदीय समितिले नेपाली उद्योगहरूमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ ।

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रम मन्त्री शेरबहादुर कुँवरसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिए ।

समितिले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन मन्त्रालयलाई निर्देशन दिएको छ । उनले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागी गराउन निर्देशन दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार