काठमाडौँ– सेयर बजार सामान्य अंकले बढेको छ। कारोबारको अघिल्लो दिन आइतबार ५४.५८ अंकले बढेको सेयर बजारमा आज १.१५ अंकको वृद्धि भएको हो।
यसदिन २१७ कम्पनीको १ करोड ५१ लाख १८ हजार ७१२ कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँमा खरिदबिक्री भएको छ।
अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँमा खरिदबिक्री भयो। आज ८ समूहको सूचक घटेको छ भने ५ समूहको मात्र बढेको हो।