कटारीमा बस दुर्घटना हुँदा १० जना घाइते

काठमाडौँ– उदयपुरको कटारीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा ३ ख २९५६ नम्बरको बस कटारी नगरपालिका ४ मरुवा सिवालय टोलमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि विराटनगर नोबेल अस्पताल रिफर गरिएको छ । भने अन्यको कटारीमा नै उपचार भइरहेको छ । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार