तारकेश्वर घटना : माइती पक्षकाे अवराेधका कारण शव उठाउन ढिलाइ

'बेलायत उड्ने तयारीमा थिइन् सुनिता'

काठमाडौं । तारकेश्वरमा ४ जनाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै शव उठाउन अवरोध गरेको प्रहरीले बताएको छ । उनीहरुले पति दिनेश र सुनिताबीच विवाद रहेको र दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताएका छन् । तर सुनिताले अस्वीकार गरेकी थिइन् ।

पछिल्लो समय सुनिता बेलायत जाने तयारी गरेपछि परिवारमा विवाद बढेको थियो । सोमबार विहान दिनेश, सुनितासँगै उनीहरुको छोरा आशिक र आशिका पनि मृत भेटिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । घटनाबारे जानकारी पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञको टोली घटनास्थल पुगेको थियो ।

फरेन्सिक विज्ञले पनि मृतकहरुमा धारिलो हतियार प्रहार भएको देखिएको पुष्टि गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार