भारतमा ‘प्रेम गीत ३’ सोही नामबाट प्रदर्शन हुने

काठमाडौंः नेपाली फिल्म ‘प्रेम गीत ३’ भारतमा पनि सोही नामबाट प्रदर्शनमा आउने भएको छ। यसअघि विश्वजितम नामबाट प्रदर्शनमा आउने भनिएको फिल्मको नाम प्रेम गीत ३ नै रहने भएको हो।

प्रेम गीत ३ को भारत प्रदर्शनका बारेमा भारतका सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेका छन्। बलिउड हंगामा, युनाइटेड न्युज अफ इण्डिया लगायतका सञ्चार माध्यमले प्रेम गीत ३ को प्रदर्शनको समाचारलाई स्थान दिएका हुन्।फिल्मलाई नेपाल र भारतको सहकार्यमा बनेको पहिलो नेपाली फिल्मको रुपमा पनि प्रचार गरिएको छ।

फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। निर्माण टोलीले भारतका लागि नयाँ पोस्टर सार्वजनिक गरेको छ। जसमा ट्रेलर सार्वजनिक हुने मिति र फिल्म प्रदर्शनमा आउने मिति पनि उल्लेख गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार