तारकेश्वरमा भेटियो एकै घरका चार जनाको शव

'हत्या गरिएकाे आशंका, अनुसन्धान गर्दै प्रहरी'

काठमाडौंको तारकेश्वरमा ४ जनाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरासमेतको शव भेटिएको छ । उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार ४ जनाको शव फेला परेको तर हत्या वा अन्य भन्ने खुलेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार