नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । खाणले बोहोराटारस्थित निजी निवास पुगेर पौडेलसँग भेट गरेका हुन्।
पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए।
कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ।