काठमाडौँ– सरकारकाले प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयअगाडि नायब सुब्बा बचाउ अभियानसहित अन्य सरकारी निकायका सम्पूर्ण नासुहरूले आन्दोलन गरेका हुन्।
नासुका रूपमा १० वर्ष काम गरेकाहरूलाई एक तह र १० वर्षभन्दा माथि काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामती ऐनमा राख्नुपर्ने उनीहरूको माग रहेको छ। आफ्ना माग सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरूले देशभर सशक्त आन्दोलनका कार्यक्रम गर्ने उनीहरूले चेतावनी दिएका छन्।