एकैदिन ३ अर्बले घट्यो बैंकहरुको निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार साउन १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ अर्ब रुपैयाँले घट्न पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरुहरुले मात्रै साउन १४ गतेसम्म ४४ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेका छन् ।

निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको यता औसत निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) पनि बढ्न पुगेको छ । साउन १३ गतेसम्म ८७.७० प्रतिशतमा कायम रहेको बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो साउन १४ गतेसम्म बढेर ८७.७२ प्रतिशत पुगेको छ ।

त्यस्तै, यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण प्रवाह ४६ खर्ब ८६ अर्ब पुगेको छ । साउन १३ गतेसम्म बैंकहरुको कुल ऋण प्रवाह ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार